SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०२:०१ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ७२१ वटा सवारी साधन कारबाहीमा

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ ।