SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।