भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण
भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष यात्रामा नयाँ इतिहास रचेको छ। भारतीय निजी कम्पनी स्काईरुट एरोस्पेसले निर्माण गरेको विक्रम–१ रकेटले शनिबार आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको हो।
