सप्तरीका कैदीबन्दी आन्दोलित, पाँच जनाले गरे आत्मदाहको प्रयास
सप्तरीको राजविराजस्थिति जिल्ला कारागारका केदीबन्दीहरु आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ । जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीनदिन देखि उनीहरु आन्दोलित बनेका हुन् । त्यसमध्ये पाँच जनाले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका छन् । जेलर मण्डलले चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलखेल गरेको भन्दै निष्पक्ष छानबिनको माग कैदीबन्दीहरूको छ।
