SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

५ वर्षमा आधा पनि नबन्ने मेची करिडोर : सडक बन्द हुँदा इलामबासीलाई सास्ती

मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला—इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ । राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक वर्षौंदेखि अलपत्रजस्तै बन्दा जनजीवन प्रभावित बनेको हो ।