SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

वैशाखदेखि यता विपदबाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मुलुकभर सक्रिय रहेको मनसुनका कारण विगत २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा देशभर कुल ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् ।