सरकारसँग ९ बुँदे सम्झौता भएसँगै मिटरब्याज पीडित बाराबाट घर फर्किँदै
काठमाडौं । सरकारसँग ९ बुँदे सम्झौता भएसँगै मिटरब्याज पीडितहरू बाराबाट घर फर्किन थालेका छन् । सरकार र मिटरब्याज पीडित पक्षबिच हिजो मात्रै ९ बुँदे सहमति भएको थियो । करिब ९ दिन आन्दोलन गरेका पीडितबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भएपछि उनिहरुले आफ्नो आन्दोलन स्थगित गरेका थिए ।
