‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरू हुनेछन्’
सुदूरपश्चिम । केही वर्षअघिसम्म कैलालीको गेटामा स्वास्थ्य संस्थाका लागि बनेका विशाल भवन हेर्न टाढाटाढाबाट मानिस आउँथे । अस्पताल परिसर घुम्थे, अग्ला भवनसँग तस्बिर खिचाउँथे र फर्किने बेला एउटै प्रश्न सोध्थे—यति ठूला संरचनामा अब कहिले प्रयोगमा आउँछन् ? त्यो प्रश्नको जवाफ सजिलो थिएन । सरकारका प्रतिनिधि भन्थे, ‘प्रक्रियामै छ ।
