SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र अन्त्य हुने अपेक्षा

निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार बताएका छन् । संशोधनले वर्षौँदेखिको अत्यधिक न्यून दर (लो बिडिङ) को प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सहयोग गर्ने उनीहरूको भनाई छ । यसले लामो समयसम्म आयोजना अलपत्र पर्ने प्रवृत्तिको अन्त्य हुने निर्माण व्यवसायीहरूको दाबी छ ।