SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

एजेन्सी । इराकले प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ । तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ । तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ ।