SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

१८ वर्षअघि मेस्सीको काखमा थिए यामाल, आज विश्वकप फाइनलमा बने प्रतिद्वन्द्वी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ । सन् २००८ मा खिचिएको मेस्सी र बच्चा यामालको उक्त तस्बिर अहिले २०२६ फिफा विश्वकप फाइनलअघि विश्वभर भाइरल बनेको छ । मेस्सीले पनि उक्त तस्बिरको संयोगलाई ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन् ।