SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

सार्वजनिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित

काठमाडौँ । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार बताएका छन् । संशोधनले वर्षौँदेखिको अत्यधिक न्यून दर (लो बिडिङ) को प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सहयोग गर्ने उनीहरूको भनाई छ । यसले लामो समयसम्म आयोजना अलपत्र पर्ने प्रवृत्तिको अन्त्य हुने निर्माण व्यवसायीहरूको दाबी छ ।