इरानमा अमेरिकी आक्रमण जारी: पछिल्लो आक्रमणमा ३८ को मृत्यु, ४०० भन्दा बढी घाइते
एजेन्सी । इरानका विभिन्न प्रान्तहरूमा जारी अमेरिकी आक्रमणका कारण कम्तिमा ३८ जनाको मृत्यु हुनुका साथै ४०० भन्दा बढी घाइते भएको , इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणले पुल, उर्जा सुविधाहरू र समुद्री नियन्त्रण टावर सहित नागरिक पूर्वाधारलाई लक्षित गरेको जनाइएको छ ।
