SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

श्रावण सुरु, चुरापोते पसलमा महिलाको चहलपहल

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिने श्रावण महिनाको सुरुवातसँगै काठमाडौँ उपत्यकाका चुरा–पोते पसलहरूमा महिलाहरूको चहलपहल बढेको छ। विशेष गरी इन्द्रचोक, नयाँ सडक, असन र विशाल बजार क्षेत्रका चुरा–पोते पसलहरूमा हरिया पोते, रङ्गीचङ्गी चुरा खरिद गर्ने तथा मेहेन्दी लगाउने महिलाहरूको उल्लेख्य भीड देखिन थालेको छ। हिन्दु धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान् शिवलाई समर्पित मानिन्छ।