SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

अति भारी वर्षाको पूर्वानुमान- रात्रिकालीन सवारी सञ्चालन नगर्न सरकारको आग्रह

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।