SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

डडेल्धुरामा जीप दुर्घटना : २ जनाको मृत्यु, ३ जना घाइते

भीमदत्त राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन्।