बाढीपहिरोले देशभरका यी ६ राजमार्ग अवरूद्ध
निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६ वटा राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्यांकअनुसार बाढीपहिरो, डुबानलगायत कारणले ६ वटा राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।
