दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
