SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि यो सेवा सुरु गरिएको जनाएको हो।