SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

संसद प्रभावकारितामाथि प्रश्न, जनताका मुद्दाभन्दा राजनीतिक विवाद हाबी

संविधान जारी भएपछिको तेस्रो निर्वाचनपछिको संसदीय अभ्यास जारी रहँदा सङ्घीय संसदको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । गत वैशाख २८ गतेदेखि आह्वान गरिएको बजेट अधिवेशन विभिन्न राजनीतिक विवाद र अवरोधका बीच गुज्रिरहेको छ । विशेषगरी प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्को गरिमा र कार्यसम्पादनमा प्रतिकूल असर परेको टिप्पणी हुन थालेको हो ।