SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

केपी ओलीको दाबी- दरबार हत्याकाण्ड दीपेन्द्रले गरेको हुँदै होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।