सरकारले समाजमा अराजकता मच्चाइरहेको छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने र कानूनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका अंग र निकायहरू समेत कार्यकारिणीको नियन्त्रमा पुगेको टिप्पणी गरे।
