एमाले आत्तिने र मात्तिने पार्टी होइन : केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (एमाले) अर्कालाई नसमातीकन उठ्न नसक्ने लहरो नभएको भन्दै आफ्नै बुतामा अगाडि बढ्ने बताए।
