SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

आजदेखि कर्मचारीको तलव बढ्यो, न्यूनतम ४० हजार देखि अधिकतम एक लाख रुपैयाँसम्म

सरकारी कर्मचारीको तलब तथा सुविधा आजदेखि बढेको छ। आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा गरेको नयाँ तलबमान कार्यान्वयनमा आएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा पुनरावलोकन गरी सुरु स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए।