SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौँले  व्यापारी सुलभ अग्रवाल र  दीपक भट्टलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै अग्रवाल र  भट्टलाई धरौटीमा छाड्न आदेश दिएको हो । बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा भट्टसँग डेढ करोड धरौटी माग गरेको हो ।