SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। बैंकका अनुसार धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ।