टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा दोषी ठहर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई साढे आठ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० जरिवानाको सजाय बिहीबार सुनाएको हो।
