SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो ।