SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

सांसदहरुले फेरि स्वकीय सचिव पाउने

सरकारले संघीय संसदका सांसदहरुलाई स्वकीय सचिव राख्न पाउने सुविधा फेरि ब्युत्याएको छ। जेनजी आन्दोलपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर सांसदहरुको स्वकीय सचिव सुविधा कटौती गरेको थियो। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त संशोधनलाई फेरि संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।