रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारी सुनिश्चित नभएका सीप विकासका तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन् । उनले श्रम मन्त्रालयले सञ्चालन गर्ने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्ने बताएका छन् ।
