SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

अधिक तरलता सोस्न राष्ट्र बैंकले एक वर्षसम्मको आफ्नै ऋणपत्र जारी गर्न सक्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक तरलता कायम रहे एक वर्षसम्मको आफ्नै ऋणपत्र (एनआरबी बन्ड) जारी गर्न सक्ने व्यवस्था गरेको छ । ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८’ को छैटौँ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सञ्चालक समितिको स्वीकृतिमा जारी हुने ऋणपत्रको ब्याजदर बैंक तथा वित्तीय संस्थाबीचको बोलकबोलबाट निर्धारण हुनेछ ।