विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पु¥याएको हो ।
