तनहुँको मादी पुलको काम धमाधम
दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन नसकेपछि समय थप गरिएको हो ।
