SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई आज पदमुक्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधानले दिएको अधिकारअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिएको र बाँकी काम पनि सोहीअनुसार अघि बढाइने बताए ।