एशियन गेम्सका ८ नेपाली कराते खेलाडी ढाकामा दक्षिण एशियाली च्याम्पियनसिप खेल्दै
काठमाडौँ । आगामी २० औँ एशियन गेम्स खेल्ने नेपालका आठ खेलाडीले बंगलादेशमा हुने दसौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । बङ्गलादेशको राजधानी ढाकामा जुलाई १५ देखि १९ तारिखसम्म दक्षिण एशियाली च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपमा एरिका गुरुङसहित राष्ट्रिय टोलीका आठ खेलाडी गरी कुल ८० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
