SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता त्रिविद्वारा रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले ४ भारतीय विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्रको आधारमा प्रदान गरेको समकक्षता रद्द गरेको छ । बुधबार सूचना जारी गरी केन्द्रले ४ विश्वविद्यालयका ११४ विद्यार्थीको समकक्षता पत्र रद्द गरेको जनाएको हो ।