दिनानुदिन आत्मदाह बढ्दै, किन दोहोरिँदै छन् यस्ता घटना ?
पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सञ्चारमाध्यमको भूमिकामाथि गम्भीर बहस सुरु भएको हो । चार घटनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते अवस्थामा उपचाररत छन् ।
