सुकुमवासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दिगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
