SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

एआई नियमन गर्ने कानुन बनाउने अष्ट्रेलियाको घोषणा

काठमाडौं । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानुन बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा, अल्बनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताए ।