किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा परेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आजको बैठकको शून्य समयमा रासायनिक मलको सहज आपूर्तिका साथै प्रेस स्वतन्त्रताको संरक्षण, सुकुमवासी समस्या समाधान, मिटरब्याज पीडितलाई न्याय तथा लागुऔषध नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
