SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

सांसद अधिकारीको प्रश्न- ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भुमिकामाथि प्रश्न उठाएकी छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा सांसद अधिकारीले वर्षौंदेखि भइरहेको भनिएको उधारो शेयर कारोबार, कृत्रिम मूल्यवृद्धि, प्रि–आईपीओमा प्रिमियम निर्धारण र फन्ड म्यानेजरको फ्लिपिङ प्रवृत्तिका बारेमा प्रश्न उठाइन् ।