SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

कर्णाली सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले एकसाथ राजीनामा बुझाएका हुन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि कांग्रेसका सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाउने निर्णय गरेका हुन् ।