SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धार कार्यमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन तथा उच्च जोखिम भत्ता उपलब्ध गराइने भएको छ। निर्णयअनुसार उद्धार कार्यमा खटिने कर्मचारीले मासिक रूपमा आफ्नो आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्।