SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

सेयर बजार सुधारका लागि नयाँ योजना : कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ । बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।