SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

आज यी राजमार्गका सडक अवरुद्ध

देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन् । मेची राजमार्ग, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ, अरनिको राजमार्ग र सालझण्डी–ढोरपाटन सडकखण्डमा सडक अवरुद्ध भएको छ । मेची राजमार्गअन्तर्गत इलाम र सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरमा सडक अवरुद्ध भएको छ ।