SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

बीमा क्षेत्रमा बेथिति बढ्यो, नियामक क्षमता कमजोर देखियो: लिमा अधिकारी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बीमा क्षेत्रमा देखिएका बेथिति र नेपाल बीमा प्राधिकरणको नियामक क्षमतामाथि प्रश्न उठाएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बीमा कम्पनीको इजाजत वितरण तथा मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरिन् ।