अदुवा खेती गर्न थालेपछि बाँदर हराउँदै
पर्वत । पैंयू गाउँपालिकामा पर्वतका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् । अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका हुन् ।
