गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु
एजेन्सी । गाजा शहरमा रहेको एक आरन (फलामको वर्कसप) लाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा चार जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतहरूले यस घटनाको पुष्टि गरेका हुन् । सुरक्षा स्रोतकाअनुसार इजरायली ड्रोनले गाजा शहरको दक्षिणमा पर्ने साब्रा क्षेत्रमा अवस्थित वर्कसपमा कम्तीमा तीनवटा मिसाइल प्रहार गरेको थियो ।
