SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

सङ्खुवासभाबाट गाँजासहित एक जना पक्राउ

सङ्खुवासभा । खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।