SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी

चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ । गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हालेसँगै रोकिएको भुक्तानी थालिएको हो ।